8 years ago
August 29, 2017
पोर्टो एलेर्गे (एजेन्सी)– चोटका कारण देखाउँदै फिलिपे कौटिन्होले प्रिमियर लिगमा सिजनको सुरुआत गरेका छैनन् । तर ब्राजिलियन चिकित्सकले चोटभन्दा कोटिन्होलाई तनाब बढी भएको बताएका थिए । ब्राजिलियन कौटिन्होले यो सिजन लिभरपुलबाट खेलेका छैनन्, खासमा उनी बार्सिलोना जान चाहेको लामो समयदेखि चर्चा चलिरहेको छ । तर, क्लबमा भने पछाडि समस्या भएकोले खेल्न नसकेको बताइदै आएको छ ।
कौन्टिहोले यो साता इक्वेडरविरुद्ध हुने विश्व कप छनोटमा भने खेल्ने सम्भावना रहेको छ । सोमबार टोलीको प्रशिक्षणमा उनले पनि भाग लिएका थिए । बाज्रिलियन टोलीका चिकित्सक टोलीका मिचेल सिमोनीले उनको पछाडि चोटको समस्या भन्दा पनि भावनात्मक कारणले बढी विषय पाएको अनुमान बताए ।
‘कौन्टिहोलाईृ पछाडिको समस्या ? अहिले उनी ठिक छन् । तनाबकै कारण पछाडि समस्या भएको हो । यो केही भावानात्मक विषय पनि हो ’ कौटिन्होसँगको भेटपछि सिमोनीले भने, ‘अनिश्चित भविष्यलाई लिएर उनमा केही तनाब छ । अब सबै समाधान भएको छ ।’कौटिन्हो र आफु लामो समयदेखि साथी रहेको उल्लेख गर्दै भने कुनै समस्या हुदा आफैले सल्लाह दिने गरेको सिमोनीले बताए ।

ब्राजिलियन टोलीको प्रशिक्षणमा सोमबार कोटिन्हो । ब्राजिलले बिहीबार विश्व कप छनोटमा इक्वेडरको सामना गर्दैछ ।
बार्सिलोनाको कौटिन्हो किन्ने तीन पटकसम्मको प्रयासलाई लिभरपुलले अस्वीकार गरिसकेको छ । पछिल्लो पटक बार्सिलोनाले १ सय १४ मिलियन पाउन्डको प्रस्ताव राखेको थियो । यद्दपी बार्सिलोनाका पदाधिकारीले भने ट्रान्सफर विन्डो बन्द हुनुअघि अझै पनि खेलाडी किन्ने सम्भावना रहेको बताएका छन् ।
‘अहिले पनि हामी उनीसँग छलफल मै छौं । उनी आउने सम्भवना अझै बाँकी छ । हामी यसको सकारात्मक अन्त्य होस् भन्ने चाहन्छौं,’ बार्सिलोनाका सचिव रोर्बेट फर्नान्डेजले भने, ‘ हामी नयाँ खेलाडी प्रस्तुत गर्न सफल हुनेछौं भन्ने विश्वास छ । एक वा दुई खेलाडी अझै आउन सक्छन् । हामी दुईजना सँग सम्पर्कमा छौं ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]