8 years ago
August 29, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले ट्रान्फर विन्डो बन्द हुनुअघि एलेक्सिस सान्चेज भित्राउनका लागि प्रक्रिया थाल्ने भएको छ । सिटीले सान्चेजलाई भित्राउनका लागि रहिम स्ट्रेर्लिङलाई आर्सनल पठाउन प्रस्ताव पनि गर्न सक्ने बताइएको छ ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बिहीबार ट्रान्फर विन्डो बन्द हुनुअघि चिलियन २९ वर्षे स्ट्राइकरलाई भित्राउन चाहन्छन् ।व्यक्तिगत कारण देखाउँदै सान्चेजले अहिले राष्ट्रिय टोलीको प्रशिक्षण छोड्नका लागि आग्रह गरेका छन् ।
यो सिजन पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका स्ट्रर्लिङको प्रस्ताव पनि सिटीले आर्सनलसँग राख्न सक्ने बताइएको छ । त्यस्तै सान्चेज भित्राउने शर्तमा आर्सनल पठाउने अर्को खेलाडीका रुपमा सर्जियो अगुइरो पनि पर्न सक्ने अनुमान गरिएको छ । यद्दपी सिटीले अगुइरो विक्रीका लागि नरहेको प्रष्ट पार्दै आएको छ ।
आर्सनलमा खुसी हुन नसकेका कारण सान्चेजले सुरुवा बजार बन्द हुनुअघि नै क्लब छोड्न चाहेको बताइएको छ । अझै एक बर्ष आर्सनलसँग सम्झौता रहेपनि उनले थप सम्झौताका लागि अस्वीकार गरिसकेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]