8 years ago
August 29, 2017
म्याड्रिड (एजेन्सी)– डेभिड भिल्ला स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा फर्कदा निकै खुसी देखिन्थे । स्पेनले विश्व कप छनोटको आज तयारी सुरु गर्दा भिल्ला पनि सामेल भएका छन् ।
न्यू योर्क सिटीका स्ट्राइकरले स्पेनिस टोलीमा समेटिएपछि सन्न्यास फिर्ता लिएका थिए । स्पेनले विश्व कप छनोटमा इटाली र लिचेस्टाइनको सामना गर्दैछ । टोलीमा फर्कदा उनी उच्च मनोबलका साथ सामेल भएको महसुस हुन्थ्यो ।
स्पेनका कीर्तिमानी गोलकर्ता भिल्ला प्रशिक्षणका दौरान पूर्व क्लब बार्सिलोनाका सहकर्मी आन्दे्रस इनिस्टासँग ठट्टा गर्दै देखिएको थिए । जुलेन लोपेटेगुइको टोलीले विश्व कप छनोटमा शनिबार इटालीको सामना गर्दैछ ।
यसैबीच, लस रोजास टे«निङ कम्प्लेक्समा प्रशिक्षणका दौरान बोरुसिया डर्टमन्डका रक्षक माक बाट्र्राले रियल म्याड्रिडका प्लेमेकर इस्कोलाई पाखुरामा बनाएको सिंहको टाटु देखाएका थिए । स्पेन विश्व कप छनोट चरण अन्तर्गत समूहको शीर्षस्थानमा छ । इटालीको पनि समान अंक भएपनि गोलअन्तरमा दोस्रो स्थानमा छ । इटालीलाई हराउन सके लोपेटेगुइको टोलीलाई मंगलबार लिचेस्टाइनविरुद्ध हुने खेलअघि मनोबल उच्च हुनेछ ।

शनिबारको प्रतिस्पर्धा अघि रियलका कप्तान सर्जियो रामोसले बेर्नाबाउका समर्थकलाई बार्सिलोनाका रक्षक जेरार्ड पिकेप्रति सम्मान दर्शाउन अपिल गरेका छन् । यद्दपी रामोस र पिकेबीच एल क्लासिकोमा हरेक पल्ट समस्या देखिने गरेको छ । म्याड्रिडमा पिके रुचाइने खेलाडी होइनन् ।
तर, स्पेनका समेत कप्तान रहेका रामोसले टोलीका सहकर्मीसँगको प्रतिद्वन्द्वितालाई अर्को तिर राख्न चाहन्छन् । ‘पिके वा अरु कुनै पनि खेलाडी सबैलाई सम्मान दिनुपर्दछ ’ रामोसले भनेका छन्,‘म समर्थहरुलाई आग्रह गर्दछु । आउने खेल हाम्रो लागि तनाबपूर्ण र कठिन छ । त्यसले हामीले उच्च प्रदर्शन गर्न जरुरी छ । ’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]