default_image

8 years ago

August 30, 2017

नेयमार र कौटिन्होको रियल म्याड्रिडबाट खेल्ने सपना

123 views

0 Bookmark

रियो दि जेनेरियो (एजेन्सी) – युरोपियन फुटबलको अहिले सरुवा बजारका मुख्य दुई आकर्षण ब्राजिलियन स्टारद्वय नेयमार र फिलिपे कौटिन्होले पर्दछन् । उनीहरुले सबैको ध्यानाकर्षण गरेका छन् । 

Neymar COutinho

बर्सिलोनाबाट २ सय २२ मिलियन युरोमा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएपछि पनि उनको चर्चा सेलाएको छैन । अर्को तिर कौटिन्हो लिभरपुलबाट नेयमारको पूर्व क्लब बार्सिलोना जाने तयारीमा छन् । यद्दपी उनलाई भित्राउने तीन पटकको प्रयासलाई लिभरपुलले अस्वीकार गरेको छ ।

पहिलो पटक सन् २००८ मा ब्राजिलको यू १६ टोलीबाट कतार र युरोपमा खेल्ने क्रममा एकअर्कालाई चिनेका नेयमार र कौटिन्हो अहिले घनिष्ट मित्र हुन् । ११ बर्षअघि उनीहरुसँगको अन्तरवार्ता हेर्दा दुवै खेलाडीको लक्ष्य रियल म्याड्रिडबाट खेल्ने थियो । यद्दपी दुवै खेलाडी अहिले नै रियलबाट खेल्ने सम्भावना भने देखिन्न । त्यसै अन्तरवार्ताको भाग अंश ।

तपाइको कुन क्लबबाट खेल्ने सपना देख्नु हुन्छ ?

कौटिन्हो –रियल म्याड्रिड ( यो संसारको सर्वोकृष्ट क्लब हो ।

नेयमार– म्याड्रिड

तपाइको लक्ष्य के छ ?

कौटिन्हो – मेरो स्पेनिस लिगमा खेल्ने लक्ष्य छ । संसारका सबै भन्दा राम्रो खेलाडी यसै क्लबबाट खेल्छन ।

नेयमार –स्पेनिस लिगमा संसारका सर्वोकृष्ट खेलाडीसँगै खेल्ने लक्ष्य छ ।

तपाइँ कसलाई प्रेरणाको रुपमा लिनुहुन्छ ?

कौटिन्हो – मैले अक्सर रबिन्होलाई टेलेभिजनमा हेरेर धेरै सिकेको छु । त्यस्तै रियल म्याड्रिड र बार्सिलोना खेलेको हेर्न रुचाउँछु ।

नेयमार – रबिन्हो मनपर्छ । मलाई स्पेनिस फुटबल पनि मनपर्छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.