default_image

8 years ago

August 30, 2017

सान्चेज किन्ने सिटीको प्रस्ताव आर्सनलले स्वीकार गरेन

111 views

0 Bookmark

लन्डन (एजेन्सी)– फरवार्ड एलेक्सिस सान्चेजलाई किन्ने म्यानचेस्टर सिटीको प्रस्तावलाई आर्सनलले अस्वीकार गरेको छ । सिटीले सान्चेज भित्राउन ५० मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । गत सिजन प्रिमियर लिगमा २४ गोल गरेका सान्चेजको आर्सनलसँगको सम्झौता अर्को बर्ष सकिदैछ ।

उनी आफै पनि पेप ग्वार्डिओलाको सिटीबाट खेल्न चाहन्थे । तर आर्सनलले सान्चेज बेच्ने सबै खोल प्रस्तावलाई अस्वीकार गरेको छ । सरुवा बजार बन्द हुन दुई दिन मात्र बाँकी रहँदा रहिम स्टर्लिङलाई सट्टा गरेर सान्चेजको सरुवा हुन सक्ने अनुमान गरिएको थियो । ग्वार्डिओला २८ वर्षे चिलियन सान्चेजलाई सोझै किन्न पनि तयार थिए ।

इङ्ल्यान्डका २२ वर्षे फरवार्ड स्टर्लिङले सिटिका पछिल्ला तीनै खेलमा सुरुआत गरेका थिए । यद्दपी मोनाकोबाट बेर्नाडो सिल्भा सिटी आएयता स्टर्लिङको भूमिकामाथि शंका बढेको छ । ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा सन् २०१४ मा सान्चेज ३५ मिलियन पाउन्डमा आर्सनल पुगेका थिए ।

सान्चेज सम्मिलित आर्सनलले गत सिजन एफए कप जितेको थियो । आर्सनलका प्रशिक्षक आर्सनल वेगंरले सान्चेजले उनको निर्णणको सम्मान गर्दै टोलीमै रहने विश्वास गरेका थिए । सान्चेजले सिजनको पहिलो खेल आइतबार लिभरपुलविरुद्ध खेल्दा टोली ४–० ले पराजित भएको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.