8 years ago
September 1, 2017
पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् ।

पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर गरेका थिए । पहिलो हाफको अन्त्य अघि रोग्बी बाल्डीभिन्सनले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा जिवितै राखे ।
विलियम कार्भालोले ५८ औं मिनेटमा पोर्चुगलका लागि थप गोल गरे । रोनाल्डोले ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । पोर्चुगलका लागि नर्विक सिटीका स्ट्राइकर नेल्सन ओलिभेराले ८८ औं मिनेटमा थप गोल गरे ।
हिजोको ह्याट्रिक पछि रोनाल्डोको गोल संख्या ७८ पुगेको छ । पेलेको ७७ गोललाई उनले उछिनेका छन् । राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने इरानका अलि दाइ हुन् । उनको नाममा १ सय ९ गोल छ ।
हाइलाइट्स
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]