default_image

8 years ago

September 1, 2017

अन्ततः बाप्पे पिएसजीसँग आबद्ध

119 views

0 Bookmark

पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड किलियन बाप्पेले ट्रान्सफरको विन्डोलो समय सिमा अघि मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग लोनमा आबद्ध भएका छन् । यसै सिजन नेयमारलाई विश्व कीर्तिमानी रकममा भित्राएको पिएसजीले बाप्पेलाई अर्को सिजन १ सय ६५ मिलियनमा युरोमा स्थायी स्थानान्तरण गर्ने अवसर पनि छ ।

bappe

‘म क्लबको योजनामा अटाउन सकेकोमा आभारी छु । पिएसली यस सिजन निकै महत्वाकांक्षी छ , बाप्पेले भने,‘त्यसैले यो क्लबसँग जोडिन पाउँदा खुशी छु ।’पिएसजीले बाप्पेलाई यसै सिजन स्थायी रुपमा किन्ने योजना बनाएपनि युईएफएको ‘फाइनान्सियल फायर प्ले’ लाई नजरमा राख्दै लोन सम्झौता गरेको हो ।

बाप्पे विभिन्न युरोपियल क्लबको नजरमा थिए । बार्सिलोना , रियल म्याड्रिड , आर्सनल , लिभरपुल लगायातका युरोपका प्रभावशाली क्लबहरुले उनलाई भित्राउने प्रयास गरेका थिए । बाप्पेले विश्व कप छनोट अन्तर्गत फ्रान्सको नेदरल्यान्ड्सलाई ४-० ले हराउँदा गए राती पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.