default_image

8 years ago

September 1, 2017

विश्व कप छनोटमा फ्रान्ससँग नेदरल्यान्ड्स निराश

97 views

0 Bookmark

पेरिस (एजेन्सी)– फ्रान्सले विश्व कप छनोटमा नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा एन्टोनी ग्रिजम्यान र केलियन बाप्पेले समान १ गोल गरे ।

फ्रान्सका लागि दुई गोल गरेका थोमस लेमार ।

उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सिमित भएर खेल्नु परेको थियो । यो जितपछि फ्रान्स समूह ‘ए’ को शीर्षस्थानमा छ । सोही समूहको अर्को खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले हराएपछि फ्रान्सको अग्रता थप फराकिलो भएको हो ।

फ्रान्सको १६, दोस्रो स्थानको स्विडेनको १३ अंक छ भने तेस्रो स्थानमा उक्लेको बुल्गेरियाको १२ अंक छ । १० अंक जोडेको नेदरल्यान्ड्स चौथो स्थानमा झरेको छ । ग्रिजम्यानको गोलबाट १४ औं मिनेटमा अग्रता लिएको फ्रान्सका लागि लेमारले ७३ औं र ८८ औं मिनेटमा गोल गरे ।

बाप्पेले फ्रान्सका लागि सोही खेलमार्फत पहिलो अन्तर्राष्ट्रिय गोल गरे । ४ मिनेटको फरकमा दुई पहेलो कार्ड पाउँदै केभिन स्ट्रटम्यान मैदान बाहिरिएपछि ६२ मिनेटपछि नेदरल्यान्ड्स १० खेलाडीमा सिमित भएको थियो । समूह ‘ए’ कै अर्को खेलमा लगजम्बर्गले बेलारुसलाई १–० ले हरायो ।

विश्व कप युरोपियन छनोटका अन्य नतिजा
समूह ‘बी’– हंगेरी ३–१ लात्भिया, पोर्चुगल ५–१ फारोए आयरल्यान्ड, स्विट्जरल्यान्ड ३–० एन्डोरा
समूह ‘सी’– बेल्जियम ९–० गिब्राल्टार, साइप्रसर ३–२ बोसनिया हर्ज गोविना, ग्रिस ०–० इस्टोनिया

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.