default_image

8 years ago

September 1, 2017

ब्राजिलद्धारा इक्वेडर पराजित

145 views

0 Bookmark

पोर्टाे ( एजेन्सी)-  अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको हो । ब्राजिलको जितमा पोउलिन्हो र फिलिपे कोउटिन्होले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ब्राजिलको घरेलु मैदान पोर्टाे एलेग्रीमा भएको खेलमा इक्वेडरलाई दवावमा राखेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलको लगातारको प्रहारलाई इक्वेडरले रोक्न सकेन । ७० औं मिनेटमा यसै सिजन चिनिया क्लबबाट स्पेनिस क्लब बार्सिलोना पुगेका पोउलिन्होले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । पोउलिन्होले विलियनको कर्नरबललाई हुलमुलका बीच गोल गरेका थिए ।

७७ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ५८ औं मिनेटमा रेनाटो अगुस्टोको स्थानमा मैदान छिरेका लिभरपुलका कोउटिन्होले म्यानचेष्टर सिटीका ग्रावियल जेससको पासमा पहिलो बार च्याप्दै गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यसपछि पनि ब्राजिलले गोलका थुप्रै अवसरहरु खेर फालेका थिए ।

इक्वेडरले भने ब्राजिलको पोष्टमा बल लैजानमा हम्मे हम्मे परेको थियो । यसअघि नै विश्वकपको यात्रा तय गरिसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटमा १५ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको कोलम्विया ब्राजिलभन्दा ९ अंकले पछि छ । कोलम्विया, बोलिभिया र चिलीसँग खेल्न बाँकी छ ।

शुक्रबार बिहान नै भएको दक्षिण अमेरिकी छनोटका अन्य खेलमा पाराग्वेले चिलीलाई ३–० ले पराजित गर्यो। अर्काे खेलमा पेरुले बोलिभियालाई २–१ ले पराजित गर्दा कोलम्विया भेनेजुएलासँग तथा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो । उरुग्वेसँगको बराबरीसँगै दक्षिण अमेरिकी छनोटमा पाँचौ स्थानमा रहेको अर्जेन्टिनाको सिधै विश्वकप यात्रा थप कठिन बनेको छ । अब अर्जेन्टिनाले भेनेजुएला, पेरु र इक्वेडरसँग खेल्न बाँकी छ । दक्षिण अमेरिकी राष्ट्रबाट विश्वकपमा चार राष्ट्र सोझै विश्वकपमा छनोट हुने प्रावधान छ भने, एक राष्ट्रले प्ले अफ खेल्नुपर्नेछ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.