default_image

8 years ago

September 1, 2017

विश्व कप छनोटमा जर्मनी चेकसँग भिड्दै, इङ्ल्यान्डको खेल माल्टासँग

100 views

0 Bookmark

भालेटा (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरण समूह ‘सी’अन्तर्गत आज राती जर्मनी र चेक गणतन्त्र भिड्दै छन् । यसैगरी समूह ‘एफ’मा इङ्ल्यान्डले माल्टाको सामना गर्दै छ ।

england

प्रागको एडेन एरिनामा आज चेक गणतन्त्र विश्व वरियतामा नम्बर दुईमा रहेको जर्मनीसँग खेल्दै छ । समूह ‘सी’मा खेलिएका ६ खेलमध्ये जर्मनीले सबै खेल जित्दै १८ अंक बटुलेको छ भने समूहमा तेस्रो स्थानमा रहेको चेक गणतन्त्रको ९ अंक रहेको छ ।

समूहको अघिल्लो खेलमा जर्मनीले सान मरिनोलाई ७-०ले हराएको थियो भने चेक गणतन्त्रले नर्वेसँग १-१ को बराबरी खेलेको थियो । नेपाली समयानुसार आज राती १२.३० बजे सुरु हुने यस खेलमा जर्मनीका पहिलो रोजाईका गोलकिपर म्यानुयल नोया र डिफेन्डर जेरोम बोयटाङ चोटका कारण सहभागी हुने छैनन् । त्यस्तै अटार्डस्थित ताकाली राष्ट्रिय रङ्गशालामा समूह ‘एफ’ को खेलमा फिफा वरियतामा १३ औँ स्थानमा रहेको इङल्यान्डले आफूभन्दा १७७ स्थान तल रहेको माल्टाको सामना गर्दै छ ।

माल्टाले समुहका सबै ६ खेल हारेको छ भने इङ्ल्यान्डले ४ जित र २ बराबरीसँगै शिर्षस्थानमा अपराजित छ । खेल आज राती १२.३० बजे नै सुरु हुने छ ।

नेपाली समयअनुसार आज रातीका अन्य खेलहरु

काजाकिस्तानविरुद्ध मोन्टेनेग्रो – ९.४५ बजे

डेनमार्कविरुद्ध पोल्यान्ड – १२.३० बजे

रोमानियाविरुद्ध अर्मेनिया – १२.३० बजे

स्लोभाकियाविरुद्ध स्लोभेनिया – १२.३० बजे

लिदुआनियाविरुद्ध स्कटल्यान्ड – १२.३० बजे,

सान मारिनोविरुद्ध उत्तर आयरल्यान्ड – १२.३० बजे

नर्वेविरुद्ध अजरवैजान – १२.३० बजे

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.