8 years ago
September 1, 2017
लिभरपुल (एजेन्सी) – युरोपिन फुटबलको सरुवा बजारको अन्त्य अघि इङ्लिस फुटबलमा हाल चर्चाको विषयमा रहेका ब्राजिलियन फिलिपे कौटिन्होलाई क्लबमा आबद्ध गरेको आधिकारिक घोषणा गर्दै न्यानविच टाउनले सबैको ध्यानाकर्षण गरेको छ ।

हाल बार्सिलोनासँग जोडिएका कौटिन्होमाथि सरुवा बजारको अन्तिम दिनमा सबैको ध्यान रहँदा नर्दर्न प्रिमियर लिगमा खेल्ने अर्धव्यावसायिक क्लबले बार्सिलोनालाई ठट्टा गर्दै कौटिन्हो आबद्ध गरेको जानकारी आधारिक ट्विटरमा राखेको थियो । ‘ बार्सिलोना धेरै ढिला भयो , हामी पहिलो भयौं ,’ न्यानविचले कौटिन्होलाई क्लबको जर्सीमा उतारेको छ ।
इङ्ल्यान्डमा सरुवा बजार मिडफिल्डर भित्राउन आज अन्तिम दिन छ । लिभरपुलसँग ढाडको समस्याका कारण इपिएल र च्याम्पियन्स लिग छनोट नखेलेका ब्राजिलियन मिडफिल्डरले विश्व कपको छनोट खेलमा आज इक्वेडरविरुद्ध गोल गरेका थिए । लिभरपुलले बार्सिलोनाको तीनपटकसम्मको प्रस्ताव नकारिसकेको छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]