8 years ago
September 1, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले यसै सिजन बोरुसिया डर्टमाउण्डबाट क्लबको कीर्तिमानी रकममा २० वर्षे फ्रेन्च स्ट्राइकर ओसुमाने डेम्बेलेलाई नेयमारको विकल्पको रुपमा भित्राइसकेको छ ।

नेयमारलाई २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बेचेपछि बार्सिलोनाले डेम्बेलेलाई जर्मन कल्बबाट १ सय ५ मिलियन युरोमा किनेको हो । जर्मन प्रकाशन डेर स्पेइगलका अनुसार बार्सिलोनाले नँया खेलाडी डेम्बेलेलाई प्रतिवर्ष २० मिलियन युरो तिर्नेछ ।
जसमा १२ मिलियन उनको वार्षिक पारिश्रमिक हुनेछ भने बाँकी ८ मिलियन बोनस रकम हो । त्यस्तै जर्मन प्रकाशनका अनुसार डेम्बेलेका एजेन्टले बार्सिलोनाबाट यस ट्रान्सफर वापत ९ मिलियन युरो पाउनेछन् ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]