8 years ago
September 2, 2017
म्याड्रिड (एजेन्सी) – यो सिजन युरोपको सुरुवा बजारमा फ्रान्सेली युवा खेलाडी सबैको चासोको विषय बने । बार्सिलोना,रियल म्याड्रिड,लिभरपुल,आर्सनल लगायतका धेरै ठूला क्लबको नजरमा रहेका १८ वर्षे किलियन बाप्पे अन्ततः फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएका छन् ।

यसै सिजन २ सय २२ मिलियन युरोमा नेयमारलाई भित्राएपछि ‘फाइनान्सियल फेयर प्ले’लाई मद्धेनजर गर्दै पिएसजीले अर्को वर्ष स्थायी गर्ने सम्झौतासहित बाप्पेलाई अनुबन्ध गरेको हो । बाप्पे आफैँ पनि रियलको समर्थक र क्रिस्टियानो रोनाल्डोको प्रशंसक हुन् ।
पोर्चुगेली रोनाल्डोलाई प्रेरणाको रुपमा लिने बाप्पेलाई उनीसँग खेल्ने चाहना थियो । रियलले उनलाई खरिद गर्न मोनाको समक्ष प्रस्ताव पनि गरेको हो । तर चाहना र दृष्टान्त भन्दा भिन्न छ आधुनिक फुटबल ।
रियल, मोनाको र बाप्पे तीनै पक्षले चाहँदा चाहँदै किन सम्भव भएन यो सरुवा ?
रियलले गत जुलाईमा मोनाकोसँग बाप्पेका लागि मौखिक सम्झौता गर्दै क्लबलाई १ सय ५० मिलियन र ३० मिलियन बोनस गरेर १ सय ८० मिलियन युरो तिर्ने प्रारम्भिक प्रस्ताव गरेको थियो ।
लस एन्जेलसमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र मोनाकोबीच भएको सहमतिपछि दोस्रो चरणमा रियलले बाप्पेका एजेन्ट पिता वाइफ्रेड बाप्पेसँग सम्झौतामा पुग्ने प्रयास गर्यो । रियलले उनलाई ७ मिलियन युरो प्रतिवर्ष पारिश्रमिक प्रस्ताव गरेको थियो ।
त्यसबाहेक बाप्पेका पिता वाइफ्रेडले उनको छोराले नियमित पहिलो रोजाइको टोलीमा खेल्न पाउनुपर्ने माग राखेका थिए । तर रियलले बाप्पेलाई नियमित खेल समयको ग्यारेन्टी गर्न सकेन ।
हाल पिएसजीसँग आबद्ध बाप्पेलाई फ्रान्सेली क्लबले नियमित फुटबल खेल्ने विश्वासका साथ साथै १४ मिलियन युरो प्रतिवर्ष तलब दिने भएको छ । यो तलब रियलले सर्जियो रामोस र लुका मोड्रिकलाई तिर्ने भन्दा ज्यादा हो ।
रियल सँगको सम्झौताले मोनाकोलाई मुख्य खेलाडी राइभल क्लबमा बेच्ने दबाबबाट मुक्त पार्ने थियो । तसर्थ रियल मोनाकोका लागि सहज विकल्प हुने थियो । तर रियल र बाप्पेविच सम्झौता नभेपछि अन्ततः बाप्पेको गन्तव्य पिएसजी बन्यो ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]