8 years ago
September 1, 2017
पेरिस (एजेन्सी)– युरोपियन फुटबल संघ (युइएफए) ले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध छानविन अघि बढाएको छ । यो सिजन सरुवा बजारमा आक्रामक देखिएको पिएसजीविरुद्ध युइएफएले छानविन प्रक्रिया सुरु गरेको हो ।

फ्रान्सेली क्लब पिएसजीले ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन बार्सिलोना समक्ष १ सय ९८ मिलियन पाउण्ड तिरेको थियो । उनको ५ लाख १५ हजार पाउण्डको साप्ताहिक पारिश्रमिकले पिएसजीको खर्च आकाशिएको छ ।
‘फाइनान्सियल फेयर प्ले’ अन्तर्गत कुनै पनि क्लबको तीन वर्षको रेकर्ड अनुसार क्लब घाटामा गएको हुनु हुदैन । नेयमारको तलब र सरुवा रकम गरेर पिएसजीले करिब ५ सय मिलियन पाउण्डको खर्च बेहोर्नुपर्ने छ ।
पिएसजीको सरुवामा आय हेर्न हो भने ५० मिलियन पाउण्ड मात्र छ । त्यसअर्थ पिएसजी कारवाहीमा पर्न सक्ने खतरा छ । युइएफएले फाइनान्सियल फेयर प्लेको नियम अन्तर्गत छानविन सुरु गरेको हो ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]