8 years ago
September 6, 2017
लन्डन (एजेन्सी)– इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटको भनाई मान्ने हो भने इङ्लिस स्ट्राइकर ह्यारी केन आफ्नो गोलको रेकर्ड लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुनाला गर्छन् । प्रिमियर लिगमा लगातार २ सिजन गोल्डेन बुट आफ्नु नाममा गरेका टोटेनह्यामका स्ट्राइकर केन राष्ट्रिय टोलीका लागि लयमा छन् ।

उनले इङ्ल्यान्डका लागि २० खेलमा १० गोल गरिसकेका छन् । जस मध्ये ५ गोल पछिल्ला ४ खेलमा गरेका हुन् । केनको प्रसंशा गर्दै प्रशिक्षक साउथगेट केनमा विश्वको उत्कृष्ट खेलाडी बन्ने मानसिकता रहेको बताउँछन् ।
‘केन अहिले उत्कृष्ट लयमा छन् । उनमा विश्वको उत्कृष्ट खेलाडी बन्न चाहिने मानसिकता छ,’ साउथगेटले भने, ‘मैले कति गोल गरेको छौ भन्ने प्रश्न गर्दा उनले त्यसको जवाफ दिए । अहिलेको उनको उमेरमा मेस्सी र रोनाल्डोले राष्ट्रिय टोलीबाट कति गोल गरेका थिए भन्ने जानकारी रहेछ ।’
केन आउदो जुलाईमा २५ वर्ष पुरा हुदैछन । यो उमेरमा मेस्सीले अर्जेन्टिनाबाट २६ र रोनाल्डोले पोर्चुगलबाट २२ गोल गरेका थिए । स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइको पनि केनको प्रशंसक रहेको साउथगेटले बताए । ‘मैले स्पेनका प्रशिक्षक लोपेटेगुइसँग छोटो कुरा गरेको थिए,’ उनले भने, ‘ उनले मलाई टोलीमा केन जस्ता खेलाडी पाउनु भाग्यको कुरा भएको बताए ।’
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]