8 years ago
September 5, 2017
लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका १९ वर्षीय स्ट्राइकर मार्कस रास्फोर्डको उत्कृष्ट गोलको मद्दतमा इङ्ल्यान्डले विश्व कप छनोटमा गए राति स्लोभाकियालाई २-१ ले हराएको छ । दोस्रो स्थानको स्लोभाकियाविरुद्ध जितेपछि इङ्ल्यान्डको रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनेको छ ।

लन्डनको वेम्ली मैदानमा भएको खेलको सुरुआतमा घरेलु टोली पछि परेको थियो । तेस्रो मिनेटमा स्टानिसलाभ लोबोक्टाले पहिलो टचमा राम्रो नियन्त्रण गर्दै गोलरक्षक जो हार्टलाई नघाउँदै गोल गरेका थिए ।
तर इङ्ल्यान्डले पहिलो हाफमै खेलमा बराबरी गर्यो । ३७ औं मिनेटमा रास्फोर्डले प्रहार गरेको कर्नरमा एरिक डायरले हाफ भली मार्फत नियर पोस्टको टप कर्नरको दिशामा प्रहार गर्दै गोल गरेपछि खेल बराबरी पुगेको थियो ।
रास्फोर्डले ५९ औं मिनेटमा उत्कृष्ट इङ्ल्यान्डलाई अग्रता दिलाए । इङ्ल्यान्डका लागि दोस्रो गोल गर्ने क्रममा रास्फोर्डले २२ यार्डबाट गरेको प्रहारले फार पोस्टमा जाली चुमेको थियो । त्यही गोल खेलको निर्णायक बन्यो । जितसँगै अपराजित इङ्ल्यान्ड समूह ‘एफ’मा ६ जित र २ बराबरीका साथ २० अंक सहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानको स्लोभाकियाको १५ अंक छ ।
विश्व कप छनोट अन्तर्गतका अन्य नतिजाहरु :
समूह ‘एफ’ : स्कटल्यान्ड २-० माल्टा , स्लोभेनिया ४-० लिथुआनिया
समूह ‘सी’ : अजरबैजान ५-१ सान मरिनो , जर्मनी ६-० नर्वे , नर्दन आयरल्यान्ड २-० चेक रिपब्लिक
समूह ‘ई’ : अर्मेनिया १-४ डेनमार्क , मोन्टेनिग्रो १-० रोमानिया , पोल्यान्ड ३-० काजकिस्तान
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]