default_image

8 years ago

September 5, 2017

कोलम्बिया र ब्राजिल भिड्दै,अवसर अर्जेन्टिनालाई

139 views

0 Bookmark

बारानकुइला (एजेन्सी)– विश्व कप दक्षिण अमेरिका छनोटमा आज ब्राजिल र कोलम्बिया भिड्दै छन् । शीर्ष दुई स्थानमा ब्राजिल र कोलम्बियाको नतिजाले अर्जेन्टिनालाई माथि उक्लने अवसर पनि मिल्न सक्छ । 

ronaldo james

पहिलो स्थानमा रहेको ब्राजिलको १५ खेलमा ३६ अंक छ । दोस्रो स्थानको कोलम्बियाको भने २५ अंक छ । आजको खेलमा ब्राजिलले कोलम्बियालाई हराए र आफुले भेनेजुएलालाई हराउन सकेको खण्डमा अर्जेन्टिना अंक तालिकामा कोलम्बियालाई पछि पार्दै उक्लनेछ । १० राष्ट्र रहेको समूहमा शीर्ष ४ टोली स्वतः रुस विश्व कपमा स्थान पाउनेछन् । पाँचौ स्थानको टोलीले ओसिएना क्षेत्रको विजेतासँग प्ले अफ खेल्नु पर्नेछ ।

ब्राजिलका मार्सेलोले प्रतिबन्ध र मिराण्डाले चोटग्रस्त छन् । एलेक्स स्यान्ड्रो र जेमर्सनले मौका पाउने भएका छन् । त्यस्तै भेनेजुएलासँगको खेल गुमाएका बायान्र्स म्युनिखका मिडफिल्डर हामेज रोड्रिग्वेज ब्राजिलसँग भने खेल्ने भएका छन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.