default_image

8 years ago

September 6, 2017

ब्राजिल र कोलम्बियाले बराबरी खेले

127 views

0 Bookmark

बारानक्युला (एजेन्सी) – विश्वकप छनोट अन्तर्गत ब्राजिलले कोलम्बियासँग १-१ को बराबरी खेलेको छ । विश्वकपमा छनौट भइसकेको ब्राजिलका लागि विलियनले गोल गरेका थिए भने कोलम्बियाका लागि राडामाल फाल्काओले गोल गरे ।

खेलको ४५ औँ मिनेटमा विलियनले गरेको प्रहार कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले रोक्ने कुनै अवसर नै पाएनन् । तर दोस्रो हाफको ५६ औँ मिनेटमा सान्टियागो आरियासको पासको सदुपयोग गर्दै फाल्काओले कोलम्बियालाई खेलमा फर्काएका थिए । दुवै टोलीले खेलको अन्त्यतिर जित आफ्नो पक्षमा पार्ने मौका पाएका पनि निर्णायक गोल गर्न भने सकेनन् ।

यसैगरी दक्षिण अमेरिकाको विश्वकप छनोटको अन्य खेलमा चिली बोलिभियासँग १-० ले पराजित भएको छ । बोलिभियाका लागि जुवान आर्सले प्रहार गरेका ५९ औँ मिनेटको पेनाल्टी गोल नै खेलको एक मात्र र निर्णायक गोल हुन पुग्यो ।

त्यस्तै क्युटोमा खेलिएको पेरुविरुद्ध इक्वाडरको खेलमा पेरु २-१ को जित हासिल गर्न सफल रह्यो । एडिसन फ्लोरेसले ७३ औँ मिनेटमा पेरुलाई अग्रता दिलाएका थिए र पाउलो हुर्टाडोले ७६ औँ मिनेटमा पेरुको अग्रता दोब्बर बनाएका थिए । ७९ औँ मिनेटमा एनर भ्यालेन्सियाको गोल इक्वाडरका लागि केवल सान्तवना गोल सावित भयो ।

बराबरीसँगै कोलम्बियाले २६ अंकसहित आफूलाई दोस्रो स्थानमा कायम राखेको छ । विश्वकपमा पहिले नै छनोट भइसकेको ब्राजिल ३७ अंक सहित अग्रस्थानमा छ । त्यस्तै २४ अंकसहित पेरु चौथो स्थानमा, २३ अंकसहित चिली पाँचौं स्थानमा र इक्वेडर २० अंकसहित आठौँ स्थानमा रहेका छन् ।

१३ अंकसहित नवौँ स्थानमा रहेको बोलिभियाको भने विश्वकपको आशा पहिले नै समाप्त भइसकेको थियो । दक्षिण अमेरिका क्षेत्रबाट ४ राष्ट्र स्वत: विश्वकपमा छनोट हुनेछन् भने पाँचौं स्थानमा रहेको टोलीले विश्वकप प्रवेशका लागि प्ले-अफ खेल्नु पर्ने हुन्छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.