default_image

8 years ago

September 6, 2017

अर्जेन्टिनाको भेनेजुएलासँग बराबरी , विश्वकपको आशा जीवितै तर कठिन

108 views

0 Bookmark

ब्युनिस आयर्स (एजेन्सी) – दुई पटकको विश्वकप विजेता अर्जेन्टिना विश्वकप छनोट खेलमा समूहको पुछारमा रहेको भेनेजुएलासँग १-१ को बराबरी खेलेको छ । अर्जेन्टिनाले पटक पटक छनोट हुने सम्भावना बलियो बनाउने अवसर गुमाएपपनि विश्वकपको आशा जीवितै छ । यसअघिको खेलमा उरुग्वेसँग अर्जेन्टिनाले गोल रहित बराबरी खेलेको थियो ।

Messi

खेलको ५१ औँ मिनेटमा जोन मुरिल्लोले घरेलु टोली भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता केवल ३ मिनेटका लागि मात्र सीमित रह्यो । ५४ औँ मिनेटमा रोल्फ फ्लेचरको आत्मघाती गोलमार्फत अर्जेन्टिना खेलमा फर्केको थियो । समूहमा सबै टोलीले दुई खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना बराबरीसँगै पाँचौं स्थानमा यथावत रह्यो ।

उता समूहको शिर्षस्थानमा रहेको ब्राजिलसँग बराबरी खेल्दै दोस्रो स्थानको कोलम्बिया र तेस्रो स्थानको चिली बोलिभियासँग पराजित हुदा अर्जेन्टिनालाई तेस्रो स्थानमा उक्लने अवसर थियो । दक्षिण अमेरिका क्षेत्रबाट ४ राष्ट्र स्वत: विश्वकपमा छनोट हुनेछन् भने पाँचौं स्थानमा रहेको टोलीले विश्वकप प्रवेशका लागि प्ले-अफ खेल्नु पर्ने हुन्छ ।

८ अंकसहित पुछारमा रहेको भेनेजुएलाको भने पहिले नै विश्वकपको आशा समाप्त भइसकेको थियो । बाँकी रहेको खेलमा अर्जेन्टिनाले ५ ओक्टोबरमा पेरु र १० ओक्टोबरमा इक्वेडरको सामना। गर्नेछ । पेरु अर्जेन्टिनासँग समान अंक सहित गोल अन्तरको आधारमा चौथो स्थानमा छ ।

अर्को खेलमा उरुग्वेले पाराग्वेलाई २-१ ले हराउँदै आफ्नो छनोटको सम्भावना अझ बलियो बनाएको छ । उरुग्वे कोलम्बियालाई पछि पार्दै २७ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । त्यसैगरी २१ अंक सहित पाराग्वे भने सातौँ स्थानमा रहेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.