8 years ago
September 6, 2017
भाडुज (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत समूह ‘जी’को शीर्षस्थानमा रहेको स्पेनले लिचेस्टाइनमाथि ८–० को जित हासिल गरेको छ । स्पेनको ८ खेलमा ७ जित र १ बराबरीसँगै २२ अंक छ । लिचेस्टाइन ८ खेलपछि पनि अंक विहिन छ ।

अघिल्लो खेलमा इटालीलाई ३–० ले हराएको स्पेनले खेलको १६ मिनेटसम्म ३–० को अग्रता लिएको थियो । सर्जियो रामोसले तेस्रो मिनेटमा गोलको खाता खोले भने चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले १५ औं र रियल म्याड्रिडका मिडफिल्डर इस्कोले १६ औं मिनेटमा गोल गरेका थिए ।
म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले ४१ औं मिनेटमा स्पेनका लागि थप गोल गरे । पहिलो हाफमा ४–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा पनि ४ गोल गर्यो । लिभरपुलका पूर्व स्ट्राइकर आइगो आसपासले दुई गोल गरे भने अल्भारो मोराटाले अर्को गोल थपे । त्यस्तै घरेलु टोलीबाट १ आत्मघाती गोल पनि भयो ।
आसपासले ५१ औं र ६३ औं मिनेटमा तथा मोराटाले ५४ औं मिनेटमा गोल गरे । घरेलु टोलीका म्याक्सीमिलियम गोप्पेलबाट ८९ औं मिनेटमा आत्मघाती गोल भएको थियो । समूहको अन्य खेलमा इटालीले सिरो इम्मोबाइलको निर्णायक गोलमा इजरेललाई १–० ले हरायो । इटाली १९ अंक सहित समूहको दोस्रो स्थानमा छ । सोही समूहमा म्यासेडोनिया र अल्बेनियाले १–१ को बराबरी खेले ।
अन्य नतिजाहरु
समूह डी – अस्ट्रिया १–१ जियोर्जिया , आयरल्याण्ड ०–१ सर्बिया , मोल्डोभा ०–२ वेल्स
समूह आइ – आइसल्याण्ड २–० युक्रेन , कोसोभो ०–१ फिनल्यान्ड, टर्की १–० क्रोसिया
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]