8 years ago
September 6, 2017
जेदाह (एजेन्सी) – साउदी अरब अर्को वर्ष रुसमा हुने विश्व कपका लागि एसियाबाट छनोट भएको छ । छनोट अन्तर्गत समूह बीमा जापानमाथि १-० को जित हासिल गरेपछि साउदीले दोस्रो स्थानमा रहँदै छनोट चरण अन्त्य गरेपछि विश्व कपमा स्थान पक्का भएको हो ।

घरेलु मैदानमा भएको खेलमा साउदीले दोस्रो हाफमा फाहद अल मुवल्हदको गोलमा लिएको अग्रतालाई अन्तिम समयसम्म जोगाएपछि महत्वपूर्ण तीन अंक बटुलेको हो ।दोस्रो हाफमा मैदान प्रवेश गरेका मुवल्हदले ६३ औं मिनेटमा गोल गरेका थिए ।
जापानले यो खेल खेल्नु अघिनै रुसमा हुने फुटबलको महोत्सवमा स्थान सुरक्षित गरिसकेको थियो । साउदीको १० खेलमा १९ अंक भएपछि समूहको स्थानमा रहेको हो । तेस्रो स्थानको अस्ट्रेलियाको समान अंक भएपनि गोल अन्तरले साउदी माथि रहेको हो । समूह ए तर्फबाट भने इरान र दक्षिण कोरियाले क्रमशः समूह विजेता र उपविजेताको रुपमा विश्व कपमा स्थान बनाएका छन् । समूह ए मा भने सिरिया तेस्रो स्थानमा अन्त्य गर्यो ।
अब चौथो चरणमा सिरिया र अस्ट्रेलिया विचको प्ले अफ विजेताले विश्व कपमा स्थान बनाउन कोनकाकाफको चौथो स्थानमा अन्त्य गर्ने टोलीसँग अन्तरमहादेशिय प्ले अफमा प्रतिस्पर्धा गर्ने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]