8 years ago
September 7, 2017
पेरिस (एजेन्सी)– यो सिजन दुई स्टारका लागि मात्र ३ सय ६४ मिलियन पाउन्ड खर्चेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसपटक सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शनको अपेक्षा गरेको छ । हालै पिएसजीमा लोनमा आबद्ध भएका किलियन बाप्पे पहिलो पटक बुधबार नेयमारसहित अन्य टोलीसँग अभ्यास गरेका छन् ।
मोनाकोबाट १ सय ६६ मिलियन पाउन्डमा लोनमा पिएसजीमा आबद्ध भएपनि अन्तर्राष्ट्रिय खेलका कारण बाप्पे क्लबबाट औपचारिक रुपमा सार्वजनिक हुन बाँकी थियो । पिएसजीका प्रशिक्षक युनाइ इर्मीले शुक्रबार मेट्जको सामना गर्दा कीर्तिमानी १ सय ९८ मिलियन पाउन्डका नेयरमरसँगै बाप्पलेलाई उतार्ने योजना बनाएका छन् ।
बुधबार बाप्पलेका लागि व्यस्त दिन रह्यो । पिएसजीको खेलाडीका रुपमा सार्वजनजिक भएको केही समयपछि उनी टोलीको प्रशिक्षणमा सामेल भएका थिए । प्रशिक्षणमा नेयरमारसँग हात मिलाएका बाप्पले निकै खुसी देखिएका थिए । १८ वर्षे बाप्पेलाई क्लबले सार्वजनिक गर्दा उनको परिवारपनि साथमै थियो ।
पिएसजीमा २९ नम्बरको जर्सी लगाउने बाप्पले अर्को वर्ष स्थायी रुपमा क्लबमा आबद्ध हुने बताइएको छ । औपचारिक सार्वजनिक कार्यक्रममा बाप्पेका साथ क्लबका अध्यक्ष नासिर अल खालिफा पनि उपस्थित थिए । ‘विश्व कै उत्कृष्ट क्लबमा आइपुग्नु मेरो लागि खुसीको विषय हो ’ उनले भने,‘मे सम्ममा पनि म मोनाकोमै बस्ने योजनामा थिए । तर केही यस्ता घटना भए जसले मेरो सोचाइ बदलियो । फ्रान्स छोड्न परेन मेरो लागि त्यो महत्वपूर्ण हो । अर्को महत्वपूर्ण पक्ष म जहाँ हुर्के त्यहि सहरमा फर्केको छु ।’
बाप्पले विश्व कीर्तिमानी रकममा ब्राजिलियन स्टार नेयमार बार्सिलोनाबाट पिएसजी जानुले आफुलाई पनि प्रेरित गरेको सुनाए । ‘उनी थप फाइदा पुर्याउन सक्ने खेलाडी हुन् । उनीसँग खेल्न पाउनु असाधारण जस्तो हो ’ उनले खुसी व्यक्त गरे,‘क्लबले मलाई यो योजनामा सामेल गरेको छ ।’बाप्पलेसहितको टोलीको यात्रा शुक्रबार लिग १ को खेलबाट सुरु हुने अपेक्षा गरिएको छ । यसपटक पिएसजीको च्याम्पियन्स लिगको यात्रा भने मंगलबार सेल्टिकको यात्राबाट सुरु हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]