default_image

8 years ago

September 7, 2017

मेस्सीले सेभिल्लासँगको खेल गुमाउन सक्ने

109 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाबाट ला लिगामा नोभेम्बरमा सेभिल्लासँगको खेल गुमाउन सक्ने सम्भावना छ । विश्व कप छनोट चरणको अंक तालिकामा माथि उक्लन नसके अर्जेन्टिनाबाट खेल्नका लागि मेस्सीले बार्सिलोनाको खेल छोड्नु पर्ने हुन सक्नेछ ।

Messi

दक्षिण अमेरिका क्षेत्रबाट अंक तालिकाको शीर्ष चारमा पर्ने स्वतः विश्वकपमा छनोट हुनेछन् । पाँचौं स्थानमा रहेको टोलीले विश्वकप प्रवेशका लागि प्ले अफ खेल्नु पर्ने हुन्छ ।

हाल पाँचौ स्थानमा रहेको अर्जेन्टिनाले यथावत अन्त्य गरेमा विश्व कपमा स्थान बनाउन ओसियेना क्षेत्रको विजेतासँग प्ले अफ खेल्नु पर्नेछ । फिफाले प्लेअफको पहिलो लेग नाभेम्बेर ६ मा तोकेको छ । फिफाको प्रावधान अनुसार राष्ट्रिय टोलीको खेल हुनुभन्दा ४ दिन अगाडि खेलाडीलाई बोलानुपर्ने हुन्छ ।

अर्जेन्टिना बाहेक उरुग्वे , चिली , पेरु , कोलम्बिया र पाराग्वे सबैको पाँचौ स्थानमा अन्त्य गर्ने सम्भावना भएकाले लियोनल मेस्स्सी , लुइस स्वारेज लगायात अन्य खेलाडीपनि छनोट चरणको वरियता अनुसार त्यसमा प्रभाव पर्न सक्दछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.