default_image

8 years ago

September 7, 2017

मेस्सी र डेम्बेले पहिलो पटक साथ-साथ प्रशिक्षणमा

126 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – अन्तर्राष्ट्रिय ब्रेक पछि अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र जाभियर मास्चेरानो पहिलो पटक बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । मेस्सी र मास्चेरानोलाई अन्तर्राष्ट्रिय जिम्मेवारीपछि एक दिन थप विदाको व्यवस्था रहेपनि उनीहरुले आजबाट नै प्रशिक्षण सुरु गरेका हुन् ।

Messi and Dembele

यसै सिजन जर्मनीको बोरुसिया डर्टमन्डबाट कीर्तिमानी रकममा बार्सिलोनामा आबद्ध भएका फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेले र मेस्सी पहिलो पटक एकैसाथ प्रशिक्षणमा सामेल भएका थिए । ट्रान्सफर सागाका कारण डर्टमन्डबाट मात्र खेल्ने समय पाएका डेम्बेले भने यसपटक फ्रान्सेली टोलीमा समेटिएका थिएनन् ।

त्यस्तै जोर्डी अल्बा , सर्जियो बुस्केट , आन्द्रेस इनियेस्टा , जेरार्ड पिके लगायतका स्टारहरुपनि प्रशिक्षणमा समावेश थिए । उरुग्वेली स्ट्राइकर लुइस स्वारेज र ब्राजिलियन मिडफिल्डर पौलिन्हो भने शुक्रबारबाट मात्र प्रशिक्षणमा फर्कने बताइएको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.