default_image

8 years ago

September 8, 2017

बाप्पे र नेयमार आज पिएसजीका लागि सँगै खेल्न सक्ने

166 views

0 Bookmark

मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ ।

अभ्यासका क्रममा नेयमारसँग हात मिलाउँदै बाप्पे (बायाँ) ।

पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा उसले सेन्ट एटिनलाई ३-० ले हराएको थियो । अर्कोतर्फ ४ खेलमा १ गोल गर्न सकेको मेट्जले यस सिजनमा एउटा पनि खेल जितेको छैन ।

तुलनात्मक रूपमा कमजोर रहेको मेट्जमाथि पिएसजी निकै हावी हुने अनुमान गरिएको छ । पिएसजीका लागि एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे एकसाथ पहिलो पल्ट देखा पर्ने सम्भावना छ । मोनाकोबाट लोनमा आएका बाप्पेका लागि पिएसजीको जर्सिमा यो पहिलो उपस्थिति हुने छ ।

खेलअघिको पत्रकार सम्मेलनमा पिएसजीका प्रशिक्षक उनाइ एमेरीले बाप्पे खेल्न तयार रहेका बताए । ‘फ्रान्सका लागि खेले पनि सोमबार र मङ्गलबारको प्रशिक्षणमा उनी उपस्थित थिए । उनी आफैँ पनि टोलीको हिस्सा हुन उत्साहित देखिन्छन् ।’ खेल नेपाली समयअनुसार राती १२.३० बजे सुरु हुने छ ।

अन्तर्राष्ट्रिय खेलबाट बिहिबार मात्र टोलीमा फर्केका एन्जेल डि मारिया र जाभियर पास्टोरे खेलमा सामेल हुने छैनन् । त्यसैगरी मार्को भेराट्टि भने दोस्रो खेलमा रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् । च्याम्पियन्स लिगलाई ध्यानमा राख्दै एमेरीले टोली हेरफेर गर्ने पनि उत्तिकै सम्भावना रहेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.