8 years ago
September 8, 2017
लिभरपुल (एजेन्सी) – यस ट्रान्सफर विन्डोमा चर्चाका विषय रहेका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने लिभरपुलको टोलीमा समेटिएका छैनन् ।

ढाडका समस्याका कारण यस सिजन लिभरपुलबाट कुनै प्रतिस्पर्धात्मक खेल नखेलेका कौटिन्होले ब्राजिलबाट विश्वकप छनोट चरणका दुई खेल खेल्दै गोल पनि गरेका थिए । तर लिभरपुलको प्रशिक्षणमा फर्किएका कौटिन्होले यर्गन क्लपको टोलीमा स्थान बनाउन सकेनन् ।
बार्सिलोनाको पटक पटकको प्रयास र कौटिन्होको बार्सिलोनाबाट खेल्ने चाहनाको बाबजुद पनि उनी ट्रान्सफर सत्रको अन्त्य पछि पनि लिभरपुलका खेलाडी रहे । लिभरपुलका प्रशिक्षक क्लपका अनुसार कौटिन्हो ‘राम्रो मूड’ मा ब्राजिलको टोलीबाट फर्किएपनि उनको फिट्नेसलाई नजर राख्दै २५ वर्षीय मिडफिल्डरलाई टोलीमा समावेश नगरेका हुन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]