8 years ago
September 9, 2017
मेट्ज (एजेन्सी)– किलियन बाप्पेले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ‘डेब्यू’ मै प्रभाव जमाएका छन् । गएराती फ्रान्सेली लिग १ मा पिएसजीले मेट्जमाथि ५–१ को शानदार जित दर्ता गर्दा बाप्पे पनि गोल गर्न सफल भए ।

पिएसजीको जितमा बाप्पेबाहेक एडिन्सन काभानीले २ तथा नेयमार र लुकास माउराले गोल गरे । जितसँगै यस सिजनका पाँचै खेल जितेको पिएसजी अंकतालिकाको अग्रस्थानमा छ । यसक्रममा उसले १९ गोल गरिसकेको छ । हारसँगै सिजनको पहिलो अंकको खोजीमा रहेको मेट्ज तालिकको पुछारमा रहेको छ ।
काभानीले ३१ औं मिनेटमा पिएसजीलाई अग्रता दिलाए पनि इमानुयल रिभियरको ३७ औँ मिनेटको गोलले मेट्जलाई खेलमा फर्काएको थियो । तर टोटेनह्यामका पूर्व खेलाडी बेनोइट एसोउ-इकोटोले ५६ औँ मिनेटमा रातो कार्ड पाएपछि मेट्ज १० खेलाडीमा सिमित भएको थियो ।
त्यसको फाइद उठाउँदै बाप्पेले ५९ औं मिनेटमा पिएसजीका लागि आफ्नो पहिलो गोल पुरा गरे । त्यस लगत्तै नेयमार र काभानी गोल गरे भने खेलको अन्तिम समयतिर लुकास माउराले गोल गर्दै पिएसजीको शानदार जित सुनिश्चित गरे ।
खेलभरि राम्रो अवसर पाए पनि मेट्जले त्यसको सदुपयोग गर्न भने सकेको थिएन । गएरातिको अन्य खेलमा लिल र बोर्डोले गोलरहित बराबरी खेलेका थिए । बोर्डो तालिको तेस्रो स्थानमा उक्लेको छ भने लिल ११ औँ स्थानमा रहेको छ ।
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]