default_image

8 years ago

September 9, 2017

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र लिभरपुल भिड्दै

127 views

0 Bookmark

म्यान्चेस्टर (एजेन्सी) – प्रिमियर लिगका दुई आक्रामक खेलका लागि चिनिने टोली म्यान्चेस्टर सिटी र लिभरपुल आज एक आपसमा भिड्दै छन् । सिटीको घरेलु मैदान एतिहात्त रंगशालामा खेलिने खेल नेपाली समयानुसार बेलुकाको ५ः१५ बजे सुरु हुने छ ।

City vs Liverpool

यस सिजन खेलिएका तीन खेलमा सिटी र लिभरपुल दुवैले २ जित र १ बराबरी खेल्दै ७ अंक बटुलेका छन् । लिगको अघिल्लो खेलमा लिभरपुलले आर्सनललाई ४–० ले हराएको थियो भने म्यान्चेस्टर सिटीले बोर्नमाउथलाई २–१ ले हराएको थियो ।

एभरटर्नसँगको दोस्रो खेलमा रातो कार्ड पाएका कायल वाकर म्यान्चेस्टर सिटीका लागि टोलीमा फर्कँदै छन् । तर बोर्नमाउथसँग रातो कार्ड पाएका लिभरपुलका पूर्व खेलाडी रहिम स्टेर्लिङ भने यस खेलका लागि प्रतिबन्धित छन् । यसैगरी म्यान्चेस्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनी पिंडौलाको चोटका कारण खेलमा सहभागी हुने छैनन् ।

त्यस्तै लिभरपुलका प्रशिक्षक यर्गन क्लपले मिडफिल्डर फिलिप कौटिन्हो खेल्न फिट नरहेका भन्दै उनलाई टोलीमा समावेश गरेका छैनन् । यसैगरी मिडफिल्डर एडम लल्लाना र रक्षक नाथानियल क्लायन अझै घाइते रहेका क्लपले बताएका छन् ।

म्यान्चेस्टर सिटी घरेलु मैदानमा खेलिएका पछिल्ला १३ खेलमा अपराजित छ भने लिभरपुलले लिगका पछिल्ला ७ खेल गुमाएको छैन । म्यान्चेस्टर सिटी विरुद्ध लिभरपुल पछिल्ला तीन खेलमा अपराजित रहेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.