default_image

8 years ago

September 9, 2017

बार्सिलोनाले इस्प्यानोललाई निम्त्याउँदै – डेम्बेलेको ‘डेब्यू’

100 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले घरेलु मैदानमा आज इस्प्यानोललाई निम्त्याउदा प्रशिक्षक एर्नेस्टो भाल्भर्देले २० वर्षे फ्रेन्च स्ट्राइकर ओसामाने डेम्बेलेलाई ‘डेब्यू’ गराउने सम्भावना छ । कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमाउन्डबाट बार्सिलोना पुगेका डेम्बेलेलाई नेयमारको विकल्पका रुपमा हेरिएको छ । 

Lionel Messi, Luis Suarez

उता पिएसजीमा सुरुबाट प्रवाव देखाएका नेयमार र सरुवा बजारमा चर्चामा रहेका किलियन बाप्पेले पहिलो खेलमा गोल गर्दा डेम्बेलेलाई पनि केहि दबाब हुन सक्छ । केहि समय यता चोटका कारण मैदान बाहिर रहेका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज अन्तर्राष्ट्रिय खेलबाट फिट फर्किएपछि टोलीको अग्रपक्तिमा लियोनल मेस्सीलाई सहयोग मिल्ने आशा गरिएको छ ।

अर्जेन्टिनाबाट खेल्दा गोल गर्न नसकेका मेस्सी ला लिगामा भने पुरानै लयमा देखिने अपेक्षा गरिएको छ । काटालन डर्बीमा विपक्षी टोली काउन्टर एट्याकमा बलियो हुन सक्ने भाल्भर्देको चिन्ता छ । उनले भने ‘हामीले आक्रामक इस्प्यानोलको सामना गर्नेछौं । उनीहरु काउन्टर एट्याकमा बलियो छन् ।’

भ्रमणकारी टोलीका प्रशिक्षक कुइक्यू सान्चेस फ््लोरेसले घरेलु टोलीलाई कडा प्रतिस्पर्धा दिने बताएका छन् । उनले भने,‘बार्सिलोना हामी भन्दा बलियो टोली हो । तर हामी उनीहरुलाई कडा चुनौति दिनेछौं ।’

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.