8 years ago
September 9, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिग लगातार दोस्रो पटक बराबरी खेलेको छ । साविक विजेताले रियलले आज घरेलु मैदानमा लेभान्टेसँग १–१ को बराबरीमा चित्त बुझाएको छ ।

यसअघि भ्यालेन्सियासँग २–२ को बराबरी खेलेको थियो । यो सिजन बढुवा भएको लेभान्टेसँग खेलमा पछि परेको थियो । पछि टोलीले बराबरी गोल फर्काएको थियो ।खेलको ८९ औं मिनेटमा मार्सेलोले रातो कार्डको सामना गरेपछि रियल १० खेलाडीमा सिमित भयो ।
भ्रमणकारी लेभान्टेले १२ औं मिनेटमा इभी लोपेजको गोलमा अग्रता लिएको थियो । रियलले लुकास भासक्वेजजको गोलमा ३६ औं मिनेटमा बराबरी गर्यो ।३ खेलमध्ये पहिलो खेलमा बराबरी गरेको रियलले २ खेलमा बराबरी गर्यो । लेभान्टेको पनि ३ खेलमा ५ अंक नै छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]