8 years ago
September 9, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीको घरेलु मैदान एतिहात्तमा भएको खेलमा १० खेलाडीमा सिमित लिभरपुलले लज्जास्पद हार बेहोरेको छ । अघिल्लो खेलमा आर्सनलमाथि ४-० को जित हासिल गरेको लिभरपुलले सिटीको घरेलु मैदानमा ५-० को पराजय भोग्यो ।

पहिलो हाफमा १-० ले पछि रहँदा सडियो मानेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित लिभरपुलले लगातार घरेलु टोलीको दबाब खेप्नु परेको थियो । सिटीका गोलकिपर एडर्सनसँग वोन अन वोन अवस्थामा गोल गर्न प्रयासरत मानेको बुटले एडर्सनको टाउकोमा लागेपछि उनलाई ३७ औं रातो कार्ड देखाइएको थियो । त्यस्तै एडर्सनको स्थानमा क्लडियो ब्राभोले पोस्टको रक्षा गरे । त्यसअघि सर्जियो अग्वेरोको गोलमा सिटीले २४ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्त्य अघि ग्यब्रिएल जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर गरेका थिए ।
दोस्रो हाफमा पनि सिटी खेलमा हावी रह्यो । जिससले ५३ औं मिनेटमा गोल गरे भने उनको स्थानमा मैदान प्रवेश गरेका लेरोइ सानेले ७७ औं मिनेटमा सिटीलाई चौथो गोल दिलाएका थिए । सानेले इन्जुरी समयमा २२ यार्डबाट उत्कृष्ट गोल गर्दै सिटीलाई पाँचौ गोल दिलाए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]