8 years ago
September 10, 2017
स्टाफोर्डसाइड (एजेन्सी)– प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । गए राती इरिक म्यासिक्म चोउपो मोटिङले २ गोल गरेपछि युनाइटेड स्टोकसँग २–२ को बराबरीमा रोकिएको थियो ।
चौथो खेलमा युनाइटेडको यो पहिलो बराबरी हो । यो सिजन क्लबमा आबद्ध भएका मोटिङले ४३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मामे विराम डियोफको क्रसमा उनले गोल गरेका थिए । जारी सिजनमा युनाइटेडले खाएको त्यो नै पहिलो गोल हो ।
तर, पहिलो हाफमै मार्कुुस राफोर्डको गोलमा युनाइटेडलाई खेलमा फर्काएका थिए । कर्नरमा आएको बलमा पाउल पोग्बाले हेडर मार्फत पोस्टको दिशा दिएको बल राफोर्डलाई छुँदै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा रोमुलु लुकाकुको गोलमा युनाइटेडले खेलमा अग्रता लिएको थियो । ५७ औं मिनेटमा विपक्षी गोलकिपर ज्याक बटल्यान्डले पहिलो आक्रमण त्यहि रिबाउन्डमा लुकाकुले गोल गरे । सिजनमा यो उनको चौथो गोल हो । तर युनाइटेडको अग्रता पनि लामो समय टिकेन । मोटिङले ६३ औं मिनेटमा बराबरी गोल गरे । कर्नरमा प्राप्त बललाई मोटिङले हेडमार्फत गोल गरेका थिए ।
बराबरीपछि पनि युनाइटे १० अंकका साथ शीर्षस्थानमा रहेको छ । बराबरी अंक रहेको म्यानचेस्टरसिटी गोलअन्तरमा दोस्रो स्थानमा छ । सिटीले हिजो अर्को खेलमा लिभरपुललाई ५–० ले हराएको थियो । स्टोकको ४ खेलमा ५ अंक पुगेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]