default_image

8 years ago

September 10, 2017

प्रिमियर लिगमा आर्सनल, टोटनह्याम र चेल्सी विजयी

111 views

0 Bookmark

लन्डन (एजेन्सी)– अघिल्लो खेलको लिभरपुलसँगको नमिठो हारलाई पछि राख्दै आर्सनलले बोर्नमाउथमाथि ३–० को प्रभावशाली जित निकालेको छ । त्यस्तै गए राती टोटनह्याम र चेल्सीले पनि आ–आफ्ना खेलमा जित दर्ता गर्न सफल रहे ।

सुरुदेखि नै खेलमा पकड बनाएको आर्सनलले खेलको छैठौं मिनेटमा ड्यानि वेलबेकको गोलमार्फत अग्रता लिएको थियो । २७ औँ मिनेटमा पेनाल्टी बक्स छेऊबाट गरेको प्रहारबाट आर्सनलका नव खेलाडी एलेक्जेन्डर लाकाजेटले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ५० औं मिनेटमा वेलबेकले पुनः गोल गर्दै आर्सनलको जित पक्का गरेका थिए ।

यसैगरी गत सालको विजेता चेल्सीले दुई साल अघिको प्रिमियर लिग विजेता टोली लेस्टरलाई २–१ ले हराउन सफल रह्यो । चेल्सीले एल्भारो मोराटाको ४१ औं मिनेटको हेडरमार्फत खेलमा अग्रता लिएको थियो । लेस्टरका पूर्व खेलाडी एङोलो कान्टेको लामो दुरीको प्रहारको मद्दतले चेल्सीले दोस्रो हाफको सुरुमा खेल २–० बनाएको थियो । त्यसपछि जेमि भार्डिले पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई खेलमा फर्काउन खोजे पनि सफल रहेनन् ।

टोटनह्याम पनि लयमा फर्कँदै एभर्टनलाई उसकै घरलु मैदानमा ३–० ले हराउन सफल रह्यो । टोटनह्यामका लागि ह्यारी केनले २ गोल गरे भने क्रिस्टियन एरिक्सनले १ गोल गरेका थिए । ह्यारी केनको खेलको पहिलो गोल उनले प्रिमियर लिगमा सयौँ गोल थियो ।

अन्य खेलमा ब्राइटनले वेस्ट ब्रोमलाई ३–१ ले हराउँदै सिजनको पहिलो जित दर्ता गर्यो । उसका लागि पास्कल ग्रोसले २ गोल गरेका थिए । त्यस्तै वाटफोर्डले साउथह्याम्टनमाथि २–० को जित निकाल्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ । जितसँगै चेल्सी तेस्रो, टोटनह्याम पांचौं र आर्सनल नवौं स्थानमा उक्लेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.