default_image

8 years ago

September 10, 2017

बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिक

145 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे ।

Barcelona

काटालानका दुई टोली बीचको प्रतिस्पर्धामा मेस्सीले खेलको २६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३५ औं मिनेटमा अर्कोे गोल गर्दै अर्जेन्टिनी स्ट्राइकरले पहिलो हाफको अन्त्य अघि बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा ६७ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । यसै सिजन बोरुसिया डर्टमाउन्डबाट आबद्ध ओसुमाने डेम्बेलेले ६८ औं मिनेटमा जेरार्ड डेलिफौको स्थानमा मैदान प्रवेश गर्दै ‘डेब्यू’गरे ।

बार्सिलोनाका लागि ८७ औं मिनेटमा पिके र ९० औं मिनेटमा स्वारेजले गोल थपे । स्वारेजले डेम्बेलेको पासमा गोल गरेका हुन् । ३ खेलमा शतप्रतिशत नतिजा निकालेको बार्सिलोना ९ अंकसहित शीर्षस्थानमा रहँदा साविक विजेता रियल म्याड्रिडको भने समान खेलमा ५ अंक मात्र छ । हिजो भएको अर्को खेलमा रियलले लेभान्टेसँग १–१ बराबरी खेलेको थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.