8 years ago
September 10, 2017
सिनसम (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गरेको छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४ सयौं खेल खेल्दा साविक विजेताले होफेनहायनसँग २-० को पराजय भोगेको हो ।

होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औं मिनेटमा गोल गरेका उथले दोस्रो हाफमा ५१ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । पाहुना टोली बायर्नले खेलमा दबाब सिर्जना गरेपनि गोल गर्न नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्यो ।
तीन खेलमा ६ अंक सहित बायर्न पाँचौ स्थानमा झरेको छ भने होफेनहायन ७ अंक सहित दोस्रो स्थानमा छ । पहिलो स्थानको डर्टमाउन्ड गोल अन्तरले अग्रस्थानमा रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]