default_image

8 years ago

September 12, 2017

बार्सिलोनाले अर्को सिजन मिनालाई भित्राउने

106 views

0 Bookmark

स्पेन (एजेन्सी) – कोलम्बियन सेन्टर ब्याक येरी मिनालाई बार्सिलोनाले अर्को सिजन ब्राजिलियन क्लब पाल्मेरसबाट भित्राउने भएको छ । स्पेनिस पत्रिका मार्साका अनुसार बार्सिलोना र पाल्मेरसबीच सम्झौता भएको छ ।

mina

अघिल्लो सिजन ब्राजिलको माथिल्लो श्रेणीको लिग जितेको पाल्मेरसले कोलम्बियन रक्षकका लागि बार्सिलोनासँग ९ मिलियन युरोको सम्झौता गरेको हो ।

२२ वर्षे मिना २०१६ मा कोलम्बियन क्लब सान्टा फेबाट पाल्मेरसमा आबद्ध भएका थिए । उनले पाल्मेरसबाट २४ खेल खेल्दै ४ गोल गरेका छन् । कोलम्बियाबाट ९ खेल खेल्दै उनले ३ गोल गरेका छन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.