default_image

8 years ago

September 13, 2017

च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध मेस्सी नायक

122 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गत सिजन युभेन्टससँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले च्याम्पियन्स लिगमा यो पटक पहिलो खेलमा इटालियन च्याम्पियनलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा तीन मध्ये २ गोल गरेका लियोनल मेस्सीले राकिटिक गोलमा पनि योगदान दिए ।

messi juventus

मेस्सीले पहिलो हाफको अन्त्य अघि गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लुइस स्वारेजसँगको वन-टू पछि फार पोस्टमा प्रहार गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाले ५६ औं मिनेटमा राकिटिकको गोलमा अग्रता दोब्बर गर्यो । मेस्सीले ड्रिबल गर्दै अघि बढाएको बल राकिटिकलाई पास दिएपछि क्रोएसियन मिडफिल्डरले गोलमा परिणत गरेका थिए । मेस्सीले ६९ औं मिनेटमा बार्सिलोनाको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

समूह ‘डी’ को अर्को खेलमा ओलम्पियाकस घरेलु मैदानमा स्पोर्टिङ्ग सिपीसँग २-३ ले पराजित भयो । पहिलो हाफमा ३-० ले पछि परेको घरेलु टोलीले दुवै गोल खेलको अन्तिम दुई मिनेटमा गरेको थियो ।

हाइलाइट्स 

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.