default_image

8 years ago

September 13, 2017

पिएसजी र बायर्न विजयी , च्याम्पियन्स लिगमा बाप्पेको कीर्तिमान

123 views

0 Bookmark

ग्लासगो (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’को खेलमा उपाधि दाबेदार मानिएका पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिख दुवै विजयी रहे । पिएसजीले सेल्टिकलाई ५-० ले हरायो भने बायर्न एन्डरलेक्टसँग ३-० ले विजयी रह्यो ।

mbappe neymar

एन्डरलेक्टका खेलाडी स्भेन कम्सले खेलको ११ औँ मिनेटमा रातो कार्ड पाएपछी एन्डरलेक्टले बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो ।रातो कार्ड पश्चात बायर्न म्युनिखले पाएको पेनाल्टीलाई रोबर्ट लेवान्डोस्किले गोलमा परिणत गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जोसुवा किमिचको पासलाई सदुपयोग गर्दै थिआगो आलाकान्टाराले स्कोर २-० बनाएका थिए । त्यसैगरी खेलको अन्तिम समयमा किमिचले आफैंले गोल गर्दै बायर्न म्युनिखको यस सिजनको च्याम्पियन्स लिगको सुरुवातलाई सुखद बनाएका थिए ।

त्यस्तै समूह ‘बि’को अर्को खेलमा पेरिस सेन्ट जर्मनले सेल्टिकलाई ५-० ले हराउन सफल रह्यो । पिएसजीका फर्वाड एडेन्सन काभानी, नेयमार र किलियन बाप्पे तीनै जनाले पुन: गोल सूचिमा अाफ्नो नाम दर्ता गर्न सफल भए । पहिलो हाफमा नेयमार, बाप्पे र काभानीले गोल गरेका थिए भने दोस्रो हाफको ८५ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै काभानीले खेलमा आफ्नो दोस्रो र पिएसजीको पांचौँ गोल गरेका थिए ।

सेल्टिकले ८३ औँ मिनेटमा एक आत्मघाती गोल पनि गरेको थियो । यस खेलमा गोलसँगै बाप्पे च्याम्पियन्स लिगमा दुई भिन्न टोलीबाट (मोनाको र पिएसजी) गोल गर्ने सबै भन्दा कान्छा खेलाडी पनि बनेका छन। त्यस्तै काभानी पनि २२ गोलसँगै च्याम्पियन्स लिगमा पिएसजीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । च्याम्पियन्स लिगमा २० वर्षभन्दा कम उमेरको खेलाडीका लागि सर्वाधिक बढी गोल गर्ने किर्तिमान प्याट्रिक क्लुइभर्टको (७ गोल) नाममा छ । गएराती बाप्पेले सो किर्तिमान पनि बराबरी गरेका छन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.