8 years ago
September 13, 2017
म्यान्चेस्टर (एजेन्सी) – ओल्ड ट्राफोर्डमा खेलिएको च्याम्पियन्स लिग समुह ‘ए’को खेलमा म्यान्चेस्टर युनाइटेडले बासेलमाथि ३-० को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि मारोएने फेलाइनी, मार्कोस रासफोर्ड र रोमेलु लुकाकुले गोल गरे ।

मिडफिल्डर पल पोग्बा घाइते भएपछि मैदान छिरेका फेलाइनीले ३० औँ मिनेटमा हेडरमार्फत गोलबाट घरेलु टोलीले अग्रता लियो । त्यस्तै च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल खेल्दै गरेका रोमेलु लुकाकुले ५३ औँ मिनेटमा युनाइटेडको अग्रता दोब्बर बनाए । च्याम्पियन्स लिगमा ‘डेब्यु’ गरिरहेका अर्का खेलाडी मार्कोस रासफोर्डले खेलको तेस्रो गोल गर्दै घरलु टोलिको जित सुनिश्चित गरेका थिए ।
म्यान्चेस्टर युनाइटेड युरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनोट भएको थियो । खेलपछी प्रतिक्रिया दिँदै म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक होसे मौरिन्हले घाइते भएका पोग्बाले युनाइटेडको आउँदो एभर्टनसँगको प्रिमियर लिगको खेल गुमाउन सक्ने बताए । समूह ‘ए’को अन्य खेलमा सीएसकेए मस्कोले बेनिफिकालाई २-१ ले हराएको थियो । खेलको ५० औँ मिनेटमा पछि परेको मस्कोले खेल उल्ट्याउँदै घरेलु मैदानमा जित पक्का गरेको थियो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]