default_image

8 years ago

September 13, 2017

लिभरपुल च्याम्पियन्स लिगमा पुनरागमन गर्दै, रोनाल्डो पनि फर्कदै

123 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– पाँच पटकको च्याम्पियन्स लिग विजेता लिभरपुल आज च्याम्पियन्स लिगमा लगभग तीन वर्ष पछि पुनरागमन गर्दै छ । आज राती लिभरपुल समुह ‘ई’ मा सेभियासँग नेपाली समयअनुसार १२.३० बजे भिड्दै छ ।

अभ्यासका दौरान रियलका फरवार्ड रोनाल्डो ।

गत वर्ष प्रिमियर लिगमा चौथो स्थान हांसिल गर्दै लिभरपुलले आफ्नो च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो । लिगमा म्यानचेस्टर सिटीसँग ५–० को भारी अन्तरको हारपश्चात लिभरपुल पुनः लयमा फर्कने कोसिसमा हुनेछ । समुह ‘ई’ को अर्को खेलमा स्पार्टाक मस्को र मारीबोर पनि भिड्दै छन् ।

त्यस्तै अर्को इङलिस टोली टोटनह्यामले आफ्नो अस्थायी घरेलु मैदान वेम्ब्लीमा जर्मन टोली बोरुसिया डर्टमन्डलाई निम्त्याउँदै छ । टोटनह्यामका लागि उसको स्टार मिड्फिल्डर डेले अल्ली गत सिजन युरोपा लिगमा रातो कार्ड पाएकाले यो खेलमा प्रतिबन्धित छन् ।

टोटनह्याम रहेको समूह ‘एच’ मा रियल म्याड्रिडले एपोएल निकोसियाको सामना गर्दै छ । गत सालको विजेता टोली रियलका लागि क्रिस्टियानो रोनाल्डोले यस सिजनको आफ्नो पहिलो खेल खेल्ने छन् भने करिम बेन्जिमा चोटका कारण खेलमा सहभागि हुने छैनन् । यसैगरी मार्को एसेन्सियोले खुट्टामा संक्रमणका कारण खेल गुमाउने छन् ।

समूह ‘एफ’ मा म्यानचेस्टर सिटीले फेयेनुर्डको सामना गर्ने छ । सिटीले आफ्नो कप्तान भिन्सेन्ट कम्पनीलाई पिडौंलाको चोटका कारण गुमाउने छ । समुहको अरु खेलमा नेपोली र शाख्तार डोनेस्क एक आपसमा भिड्दै छन् ।

त्यसैगरी समूह ‘जी’ मा आरबी लेपजिग र मोनाको पनि भिड्दै छन् । त्यस्तै पोर्टोले बेसिक्टासलाई आफ्नो घरलु मैदानमा निम्त्याउँदै छ । सबै खेलहरु नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.