default_image

8 years ago

September 14, 2017

लिभरपुल बराबरीमा रोकियो

127 views

0 Bookmark

इंगल्याण्ड एजेन्सी)- झन्डै तीन वर्षपछि च्याम्पियन्स लिगमा आगमन गरिरहेको लिभरपुल सेभिलासँग बराबरीमै सीमित रह्यो । लिभरपुलको घरेलु मैदानमा भएको खेल २-२ को बराबरीमा अन्त्य भएको थियो।

बेन येडरको पांचौँ मिनेटको गोलमार्फत पछि परेको लिभरपुलका लागि रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले पहिलो हाफमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । खेलको ४२ औँ मिनेटमा पेनाल्टीमार्फत खेल पुरै आफ्नो पक्षमा पार्ने मौका पाए पनि फिर्मिनो सो पेनाल्टीमा चुकेका थिए । सेभिलाले लिभरपुलको उक्त कमजोरीको सदुपयोग गर्दै ७२ औँ मिनेटमा जोक्विन कोरियाको गोलमार्फत खेल बराबरी गरेको थियो ।

लिभरपुल रहेको समूह ‘ई’ को अर्को खेलमा पनि टोलीहरुले अंक बढेका थिए। स्पार्टाक मस्को र मारीबोरले १-१ को बराबरी खेलेका थिए ।

गए रातिनै भएको समुह ‘जी’ को खेल पोर्टोले घरेलु मैदानमा टर्किस क्लब बेसीक्टाससँग १-३ को पराजय बेहोर्यो भने सोहि समुहको अर्को खेल बराबरीमा टुंगियो। जर्मन क्लब लेपजिगले फ्रेन्च च्याम्पियन मोनाकोलाई घरेलु मैदानमा १-१ मा रोकेको थियो।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.