8 years ago
September 14, 2017
लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एचमा इङ्ग्लिस क्लब टोटनह्याम हटस्पर्सले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गरेको छ । टोटनह्यामको जितका नायक रहेका फरवार्ड ह्यारी केनले दुई गोल गरेका थिए ।
बोरुसिया डर्टमण्डसँगको जितसँगै टोटनह्यामले आफ्नो च्याम्पियन्स लिगको अभियान सकारात्मक रुपमा सुरु गर्नुका साथसाथै वेम्ब्लीमा आफ्नो खराब प्रदर्शनको यात्राको पनि अन्त्य गरेको छ । स्थायी घरेलु मैदान व्हाइट हार्ट लेनको मर्मत चलिरहँदा टोटनह्यामले यस सिजन वेम्ब्लीमा आफ्ना घरेलु खेलहरु खेलिरहेको हो ।
खेलको चौथो मिनेटमै स्पर्सका लागि सन हिउङ मिनले आकर्षक गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर एघारौँ मिनेटमा डर्टमण्डका आन्द्रि यार्मोलेन्कोले डि-बक्स बाहिरबाट गरेको प्रहारद्वारा डर्टमण्ड खेलमा फर्केको थियो । त्यस गोलको ४ मिनेट लगत्तै ह्यारी केनले बाँयातिरबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो । खलेको दोस्रो हाफको ६० औँ मिनेटमा फेरी केनले नै गरेको गोलले टोटनह्यामको जित निश्चित भएको थियो । यहि साता प्रिमियर लिगमा पनि केनले एभरटन विरुद्ध दुई गोल गरेका थिए ।
आक्रामक देखिएको डर्टमण्डले खेलभरी राम्रा अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न भने सकेको थिएन । दोस्रो हाफमा पियर-एमेरिक अबामेयाङ्ले गरेको गोललाई रेफ्रीले गलत रुपमा अफसाइड पनि दिएका थिए । इन्ज्युरी समयमा टोटनह्यामका डिफेन्डर जान भर्टोनगेनले रातो कार्ड पाएकाले अर्को खेल गुमाउने भएका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]