8 years ago
September 14, 2017
पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिगमा टर्कीको टोली बेसिक्स्टाससँगको खेलमा पोर्टोको पोस्ट सम्हालेका स्पेनिस गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सको कीर्तिमानसँग बराबर गरेका छन् ।

सन् १९९९ मा रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा ‘डेब्यू’ गरेका कासिलासले पोर्टोेबाट गए राती च्याम्पियन्स लिग खेल्दा उनको लगातार १९ औं संस्करणमा सहभागिता पुगेको छ । गिग्सले मात्र लगातार च्याम्पियन्स लिगको १९ संस्करण खेलेका थिए ।
अघिल्लो खेलमा १ सय ५९ औं पटक च्याम्पियन्स लिगको खेलमा देखा परेका कासिलास च्याम्पियन्स लिगमा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् । बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले च्याम्पियन्स लिगमा १ सय ५७ खेल खेलेका छन् । गिग्सले १ सय ५१ पटक क्लब फुटबलको महाभिडन्तमा प्रतिस्पर्धा गरेका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]