8 years ago
September 15, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका रक्षक मार्सेलोको प्रतिबन्धित खेल संख्या घटेको छ । लेभान्टेसँगको खेलमा जेर्फर्सन लेर्मालाई प्रहार गरेपछि रातो कार्डको सामना गरेका मार्सेलोमाथि दुई खेलको प्रतिबन्ध लगाइएको थियो । रियलले प्रतिबन्धविरुद्ध गरेको अपिलमा सुनवाई गर्दै उनको प्रतिबन्ध १ खेलमा घटाइएको छ ।

मार्सेलोले अब आइतबार ला लिगमा रियल सोसिडाडसँगको खेल मात्र गुमाउने भएका छन् । उनी बुधबार रियल बेटिससँगको खेलका लागि उपलब्ध हुनेछन् । आइतबार उनको ठाँउमा थियो हर्नान्डेज खेल्ने सम्भावना छ । यो सिजन ला लिगाका ३ खेलमा १ जित र २ बराबरी गरेको रियल ५ अंकका साथ अंक तालिकाको सातौं स्थानमा छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]