8 years ago
September 15, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोनल मेस्सीले नेयमारले पनि क्लबमा सुस्त सुरुआत गरेको स्मरण गरेका छन् । क्लबमा भर्खरै भित्रिएका ओसमाने डेम्बेलेका विषयमा बोल्दै मेस्सीले नेयमारले पनि विस्तारै क्लबमा लय लिएको उल्लेख गरेका हुन् ।
कीर्तिमानी रकममा नेयमार यो सिजन पेरिस सेन्ट जर्मेन गएपछि बार्सिलोनाले डेम्बेले लिएको थियो । ला लिगामा ‘डेब्यू’ मा प्रभावशाली प्रदर्शन गरेका डेम्बेले युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिग समूह चरणको खेलमा भने केही संघर्ष गरिरहेका देखिन्थे । युभेन्ट्सलाई ३–० ले हराएको खेलका दौरान मेस्सीले डेम्बेलेसँग केही कुराकानी गरेको स्पेनिस सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
डेम्बेले पनि विस्तारै लय समात्नेमा आशावादी देखिएका मेस्सीले सुरुआती दिनमा ब्राजिलियन स्टार नेयमारलाई पनि कठिनाई भएको बताएका थिए । बार्सिलोनाबाट विस्तारै लय समात्दै गएपछि नेयमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक बन्न सफल भएका थिए । मेस्सीले फ्रान्सेली डेम्बेले पनि आफुलाई त्यसरीनै अघि बढाउन सक्ने सम्भावना रहेको बताएका छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]