8 years ago
September 15, 2017
लण्डन (एजेन्सी) – युरोपा लिगमा ‘डेब्यु’ गरिरहेको इङ्ग्लिस टोली आर्सनलले पहिलो खेलमा जर्मनीको एफसी कोलोनलाई ३-१ ले हराएको छ । आर्सनलको जितमा सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले गोल गरेका थिए ।
२५ वर्ष पछि कुनै युरोपेली प्रतियोगिता खेलिरहेको कोलोनलाई आर्सनलले २९ सयका लागि ठाँउ सुरक्षित राखेपनि लगभग २० हजार कोलोनका समर्थक खेल हेर्न लण्डन आइपुगेका थिए । कोलोनका समर्थकहरुले खेल सुरु हुनअघि अराजकता प्रदर्शन गरेपछि खेल नियमित समयभन्दा १ घण्टा ढिलो सुरु भएको थियो ।
खेलको सुरुमै भने कोलोन आर्सनलमाथि हावी देखिएको थियो । गोलरक्षक डेभिड ओस्पिना अगाडि बढेको मौका छोपेर ४५ यार्ड ताढाबाट जोन कोर्डोबाले गोल गर्दै खेलको ९ मिनेटमै कोलोनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा खेलमा फर्किने कैयौं प्रयास गरे पनि आर्सनल असफल भएको थियो ।
दोस्रो हाफको सुरुवातमै परिवर्तित खेलाडि सिड कोलासिनाचले बक्स भित्रबाट गरेको बलियो प्रहारमार्फत आर्सनल खेलमा फर्काउन सफल रह्यो । त्यस्तै ६७ औँ मिनेटमा सान्चेजले डि-बक्स छेऊबाट सुन्दर गोल गर्दै आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । त्यसैगरी थियो वालकटको प्रहारको फाइदा उठाउँदै हेक्टर बेलेरिनले गरेका तेस्रो गोल आर्सनलको जितको लागि पर्याप्त भयो ।
आर्सनल रहेको समूह एचको अर्को खेलमा भने रेड स्टार बेल्ग्रेड र बेट बिरोसोभले १-१ को बराबरी खेले । त्यस्तै गएराति भिलारियलले एफसि एस्टानामाथि ३-१ को जित निकाल्यो । एसी मिलानले पनि अष्ट्रिया भेनामाथि ५-१ को सहज जित दर्ता गर्यो । अर्को इङ्ग्लिस टोली एभर्टन भने एटालान्टाविरुद्ध ३-० ले पराजित हुन पुग्यो ।
गए राति खेलिएका अन्य खेलहरुको नतिजा –
स्लाभिया प्राग १-० माकाबि तेल-अभिभ
हेर्था ०-० एथ्लेटिक बिलबाओ
जोर्या लुहान्स्क ०-२ ओस्टरसन्ड्स
जुल्टे वारेगेम १-५ निस
भिटेस २-३ लाजियो
रियल सोसिडाड ४-० रोजेनबर्ग
भार्डार ०-५ जेनिट सेन्ट पिटर्सबर्ग
डायनामो कियभ ३-१ स्केनडरब्यु
योङ्ग् बोइज १-१ पार्टिजान बेलग्रेड
इस्तानबुल बासाकसेहिर ०-० लुडोगोरेट्स
होफनह्याम १-२ स्पोर्टिङ ब्रागा
एचएनके रिजेका १-२ एईके एथेन्स
एपोल्लोन लिमास्सोल १-१ लियोन
एफसी कोपनहेगन ०-० लोकोमोटिभ मस्को
ज्लिन ०-० सेरिफ टिरास्पोल
स्टेओ बुकारेस्ट ३-० भिक्टोरिया प्लिजेन
हापोएल बेअर शेभा २-१ लुगानो
मार्से १-० कोन्यास्पोर
भिटोरिया गुइमारेस १-१ रेड बुल साल्जबर्ग
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]