8 years ago
September 15, 2017
स्कटल्याण्ड (एजेन्सी) –विश्व कीर्तिमानी रकममा यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्रजिली खेलाडी नेयमारलाई मेस्सी जस्तै बन्न आफ्नो बानी सुधार्नुपर्ने स्कटिस क्लब सेल्टिकका डिफेन्डर मिकेइल लष्टिगले सुझाव दिएका छन् ।

च्याम्पियन्स लिग अन्र्तगतको समूह चरणको खेलमा सेल्टिकलाई ५–० ले पराजित गरेको खेलमा नेयमारलाई रेफ्रीले डाइभिङ गरेको भन्दै पहेंलो कार्ड र खेल सकिएपछि सेल्टिकका राइट ब्याक एन्थोनी राल्सटनसँग हात मिलाएका थिएनन् । ‘नेयमार विश्व स्तरको अविस्वनीय खेलाडी हुन् । यो हामी सबैलाई थाहा छ ।’ सेल्टिकका डिफेन्डर लष्टिगले डेली रेकर्डलाई भनेका छन्, ‘यस्तो विश्वस्तरको खेलाडीबाट पटक–पटक रिसाहा व्यवहार पटक्कै सुहाउदैन ।
तर, मलाई के लाग्छ भने यस्तो खालको व्यवहार नेयमारको खेलको एक भाग हो ।’ लष्टिगले यदि नेयमार बार्सिलोनाका लियोनेल मेस्सी जस्तै उत्कृष्ट खेलाडी बन्ने हो भने आफ्नो यस्तो बानी त्यागेर मेस्सीको बानीलाई पछ्याउनु पर्ने बताएका छन् । यि दुई टोलीले नोभेम्भरमा समूह चरणको खेल खेल्दैछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]