default_image

8 years ago

September 16, 2017

हिगुवेन अर्जेन्टिनाको टोलीमा परेनन्

142 views

0 Bookmark

ब्युनोस आईरेस (एजेन्सी) – युभेन्ट्सका स्ट्राइकर गोन्जालो हिगुवेन विश्व कप छनोटमा आउने दुई खेलका लागि अर्जेन्टिनी टोलीमा पर्न सकेनन् । अर्जेन्टिनाले विश्व कप छनोटका अन्तिम दुई खेलमा पेरु र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ । 

Higuain

यस सिजनमा युभेन्ट्सका लागि ३ खेलमा २ गोल गर्दै राम्रो सुरुआत गरेपनि प्रशिक्षक जोर्ज साम्पोलीको नजरमा २९ वर्षे हिगुवेन पर्न सकेनन् । साम्पोली अर्का २९ वर्षे एटलान्टाका विंगर अलेजान्ड्रो गोमेज ुपापुु लाई भने टोलीमा समावेश गरेका छन् । एटलान्टाका कप्तान गोमेजले यसअघि सन् २०१७ मेमा सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाबाट ‘डेब्यू’गरेका थिए ।

अर्जेन्टिनी टोली

गोलकिपर : रोमेरो , गुज्मान , मार्चेसिन

डिफेन्स : फाजियो , मामान्ना , पेजेल्ला , मास्चेरानो , ओटामेन्डी , मेर्काडो

मिडफिल्ड : अकुना , डि मारिया , बिग्लिया , पारेडेज , गामेना , गोमेज , साल्भियो , रिगोनी

स्ट्राइकर : मेस्सी , अग्वेरो , इकार्डी , ड्याबला

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.