default_image

8 years ago

September 16, 2017

ब्राजिल टोलीमा नयाँ अनुहार

92 views

0 Bookmark

रियो दे जनेरियो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गतको अन्तिम दुई खेलका लागि ब्राजिलियन प्रशिक्षक टिटेले यसअघि टोलीमा नअटाएका चार खेलाडीलाई यसपटक मौका दिएका छन् ।

Danilo

म्यानचेस्टर सिटीका फुल ब्याक ड्यानिलोले एक वर्ष पछि पुनरागमनको मौका पाएका छन् । टिटेले फ्रेड , डिएगो टार्डेली र अर्थर मेलोलाई पनि टोलीमा समावेश गरेका छन् । ब्राजिलियन क्लब ग्रेमियोका २१ वर्षे मिडफिल्डर अर्थरले यसअअघि ब्राजिलियन टोलीबाट डब्यू गर्न बाँकी छ ।

छनोट अन्तर्गत ब्राजिलले ओक्टोबरमा बोलिभियासँग उसकै मैदानमा खल्नेछ । त्यसको पाँच दिनपछि चिलीलाई निम्त्याउने छ । ब्राजिल यसअघि नै विश्व कपमा छनोट भइसकेको छ । रुसमा अर्को वर्ष हुने विश्व कपमा स्थान सुरक्षित गर्ने ब्राजिल पहिलो टोली हो ।

ब्राजिलियन टोली

गोलकिपर – अलिसन (रोमा), कासियो (कोरिन्थियन्स), एडर्सन (म्यानचेस्टर सिटी)

डिफेन्स – जेमेर्सन (मोनाको), माक्र्युनोस (पिएसजी), मिरान्डा (इन्टर) , थिएगो सिल्भा (पिएसजी), ड्यानि अल्भेस (पिएसजी), ड्यानिलो (म्यानचेस्टर सिटी), फिलिपे लुइस (एट्लेटिको म्याड्रिड), मार्सेलो (रियल म्याड्रिड)

मिडफिल्ड –अर्थर (ग्रेमियो), कास्मेइरो (रियल म्याड्रिड) , डिएगो (फ्लामेन्गो), फर्नानडिन्हो (म्यानचेस्टर सिटी), फ्रेड (शाक्तार डोन्टेक्स), पौलिन्हो (बार्सिलोना), फिलिपे कौटिन्हो (लिभरपुल), रेनाटो अग्सुटो (बेजिङ्ग ग्वाओन), विलियान (चेल्सी)

फरवार्ड – डिएगो टार्डेली (सानडोङ्ग लुनेङ्ग), रोबर्टो फर्मिनो (लिभरपुल), ग्याब्रिएल जिसस (म्यानचेस्टर सिटी), नेयमार (पिएसजी)

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.