8 years ago
September 16, 2017
फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।
फिफामा खेलाडीहरुको रेटिंग गति, सुटिंग क्षमता, पास, ड्रीब्लिंग, डिफेन्स र शाररिक क्षमताका आधारमा तय गरिन्छ। फिफाले ड्रीब्लिंग क्षमतामा सबैभन्दा बढी रेटिंग बार्सिलोना र अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीलाई दिएको छ। उनको ड्रीब्लिंग क्षमता ९५ रहेको छ। ड्रीब्लिंग क्षमताका आधारमा रोनाल्डो पाँचौ स्थानमा छन् भने विश्वका सबैभन्दा महँगो खेलाडी नेयमार दोस्रो स्थानमा छन्।
उत्कृष्ट ड्रीब्लिंग क्षमता भएका दश खेलाडीहरु यस प्रकार छन्:
लियोनल मेस्सी (बार्सिलोना ) – ९५
नेयमार (पिएसजी ) – ९४
इडेन हाजार्ड (चेल्सी ) – ९२
पाउलो डीबाला (युभेन्टस ) – ९१
क्रिस्टियानो रोनाल्डो (रियल मड्रीड ) – ९०
थियागो अल्कनटरा (बार्यन म्युनिख ) – ९०
आन्द्रेस इनिएस्टा (बार्सिलोना ) – ९०
आर्यन रोबिन (बायर्न म्युनिख ) – ९०
फ्रान्क रिबेरी (बायर्न म्युनिख ) – ८९
बरनार्दो सिल्भा ( म्यानचेस्टर सिटी )- ८९
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]